Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कारसँग मोटरसाइकल  ठोक्किँदा एक सैनिक जवानको मृत्यु, एक गम्भीर घाइते

चितवनमा सवारी दुघर्टना हुँदा विपत व्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत एक सिपाहीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कस्थित स्वामी चोक नजिक मंगलवार साँझ ७ः ३० बजेको समयमा रामनगरतर्फ जाँदै गरेको बा।प्र। ०१–०२८च ३२८९ नम्बरको कारमा विपरित दिशाबाट आउँदै गरेको  ग २० प ८३१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार सिपाहीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका १२ बस्ने २७ वर्षीय निगम नेपाली सार्की रहेका छन् । त्यस्तै उनीसँगै मोटरसाइकलमा सवार तनहुँ बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएकोमा सार्कीको उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

मोटरसाइकलको लेगाडले  कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई छेउमा रहेको पर्खालमा ठोक्किन पुगेको थियो । कार चालक धादिङको धुनिबेसी नगरपालिका–७ बस्ने ४२ वर्षीय  राजु भण्डारी र कार जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका छन् ।