Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कालीगण्डकी करिडोर र रामेछापको सैपु–दिलौरी-धोबी सडक अवरुद्ध

अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो । 

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनले बताए । दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ । 

रामेछापको सैपु–दिलौरी–धोबी सडक खण्ड पहिरोले अवरुद्ध
गए राति अबिरल बर्षासँगै आएको पहिरोले सैपु–दिलौरी–धोबी सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकको १२-१५ स्थानमा ठाउँमा पहिरोले क्षति पुर्याएपछि पूर्णरुपमा अवरुद्ध भएको स्थानीय आनन्द सुनुवारले जानकारी दिए ।  लगििपहिरोले सडक अवरुद्ध गरेपछि मन्थली, काठमाडौं आउने सवारी साधन र यात्रु समस्यामा परेका छन् ।

सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले धोवी–सैपु सडक पूर्ण अवरुद्ध भएकोले वैकल्पिक बाटो प्रयोग गरेर सवारीसाधन चलाउन अनुरोध गरे । उनले पहिरोले सडकमा पुर्‍याएको क्षतिको अध्ययन गरेर सडक सुचारु गराउन पहल थालिएको जानकारी दिए ।

‘धोवी–दिलौरी–सैपु सडक पूर्ण अवरुद्ध भएको छ’, उनले सुनाए, ‘सडक सुचारु गराउन गाउँपालिकामा मैलै भर्खरै जानकारी गराइसकेको छु । पालिकाले जेसिबी भाडामा लिएको छ, जेसीबी कता रहेको छ बुझ्ने कार्य भइरहेको छ, जेसीबी लगाएर तत्काल सडक निर्माणको काम अगाडि बढ्छ ।’