Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

काठमाडौं उपत्यकाका विभिन्न बस्ती डुबानमा

गए राति परेको वर्षाका कारण काठमाडौं उपत्यकाका खोलानालामा बाढी आउँदा छेउछाउका बस्ती डुबानमा परेका छन् । बल्खुको तरकारी बजारलगायत आसपासका क्षेत्र डुबानमा परेका हुन् । बागमतीमा आएको बाढीका कारण ती क्षेत्र डुबानमा परेका हुन् ।

badhi-balkot.jpeg

रातिदेखि परेको पानीका कारण वागमती नदीमा बाढी आएको छ । वागमतीको सतह बढेका कारण किनारमा रहेका बस्तीहरू डुबानमा परेका छन् । थापाथली, टेकु र बल्खुमा रहेका सुकुम्बासी बस्ती जलमग्न भएका छन् । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

nadi-duban-ktm2024-07-31-07-07-26.jpeg

मधेश, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । त्यस्तै नेकपा एमालेको केन्द्रीय कार्यालय पनि डुबानमा परेको छ । मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो । बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो हिलाम्य भएको छ ।