Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

थोत्रा बस सञ्चालनमा रोक लगाउन सांसदको माग

नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले दुर्घटना न्यूनीकरणका योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘स्कुल बस र सार्वजनिक बस निकै पुराना भएकाले पनि दुर्घटनाको जोखिम बढेको छ, सरकारले यसलाई नियमन गर्नुपर्छ’, उनले भने, ‘घुम्ती सडकमा छेकबार तथा सङ्केत चिह्न नहुँदा दुर्घटना हुने गरेका छन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलैमा ध्यान दिनुपर्छ ।’