Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सरकारले गर्‍यो तीन प्रदेश प्रमुख हेरफेर

सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ । आज सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । 

बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको एक मन्त्रीले जानकारी दिए । यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । 

शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।  साथै राजदूत नियुक्ति र सचिव सरूवाका विषयमा पनि निर्णय भएको छ।