Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गोरखा पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिए

गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको हो ।

आइतबार बिहान तीन बजे गएको पहिरोमा पुरिएर सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने २४ बर्षीय रमेश परियार बेपत्ता भएका छन् । उनीहरुको भने खोजी भइरहेको डीएसपी श्रेष्ठले बताए ।