Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सोमबार तोलामा ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमाबर सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार चाँदी प्रतितोला एक हजार सात सय ४० रूपैयाँमा कारोबार भएको थियो।