Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ

आफूलाई धर्मगुरु दावी गर्ने अभियन्ता पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिए ।

उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका हुन् । 

उनी धार्मिक भेषमा हिंड्छन् । प्रहरीका अनुसार उनले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गर्न लागेको प्रचार गरेपछि पक्राउ गरिएको हो ।