Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ताप्लेजुङमा भूकम्पको धक्का महसुस

ताप्लेजुङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । 

भूकम्पको केन्द्रबिन्दु जिल्लाको खेन्जिम भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । राति १० बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

 यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।