Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

धनुषामा रेलले चेपिएर एक युवक गम्भीर घाइते

भंगहा–जनकपुर–जयनगर रेल्वेको लिकमा परेर एक युवकको दुवै खुट्टा गुमेको छ । 

जनकनन्दनी गाउँपालिका– ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो । रेलको लिक छेउको बाटोबाट हिंडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिकमा परेका हुन् । 

जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए । दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।