Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

यामाहा एरोक्स १५५ ले काठमाडौं देखि लद्दाख सम्मको यात्रा सम्पन्न

सोलो ट्राभल अवशिस ओझाले आफ्नो यामाहा एरोक्स १५५ स्कुटरको साथ काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् ।

उनले केवल ११ दिनमा ५००० किलोमिटरभन्दा बढी यात्रा गरेका थिए । ओझाले यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्नो दृढ संकल्प र प्रमाणको रूपमा खडा गरेका थिए । आफ्नो यात्राको क्रममा, उनले विभिन्न भूभाग र मौसमको सामना गर्दै उक्त ठाउँको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यहरूसँग आफुलाई जोड्दै ति सुन्दर ठाउँहरलाई गहिरो रूपमा आत्मसात गरेका थिए ।

IMG-20240.jpg

यो कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीको रूपमा प्रमाणित गर्‍यो । एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गर्‍यो।

यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले श्री ओझालाई घुमाउरो पहाडी सडकहरूमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको थियो। यसको अतिरिक्त, स्कूटरको आरामदायी सीट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकान बिना पनि घन्टौं समय सम्म यात्रा गर्न सक्ने कुराको सुनिश्चितता गर्‍यो। एरोक्स १५५ मा सिटको मुनि आवश्यक सामान बोक्न सक्ने भण्डारण थियो, जबकि उन्नत ब्रेकिङ प्रणालीले ठाडो उकालो र कठिन भू-भागहरूको सामना गर्न आत्मविश्वास र सुरक्षा प्रदान गर्‍यो।

IMG-20240722-WA0009.jpg

एम ए डब्लू राइदकी सी यम ओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भने, “यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशीस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौं। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक F1 टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले अवशीसको सफल अभियानले स्कूटरको क्षमतालाई हाइलाइट गर्दछ र सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू-भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमताकाई देखाउँदछ।”