Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

काठमाडौंका यी स्थानमा आज ६ घण्टा विजुली नआउने

काठमाडौंको मातातीर्थ क्षेत्रमा आज शुक्रबार ६ घण्टा विद्युत अवरूद्ध हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गतका क्षेत्रहरूमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । यी क्षेत्रहरूमा हाइटेन्सन पोल मर्मत गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । 

सोअनुसार महादेवस्थान, इटाखेल, घुमाउने, गोदाम, मंगलदोय, नागढुंगा, चिसापानी, बसुन्डोल, इन्द्रथान, झांगाझिटी, कुखुरेचौर, महेशपथ लगायतका क्षेत्रहरूमा बिजुली काटिनेछ । यस्तै, काम निर्धारित समयअगावै सम्पन्न भए तोकिएको समयभन्दा अगावै विद्युत सेवा सुरू हुने पनि प्राधिकरणले जनाएको छ ।