Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विराटनगरस्थित एक होटलमा मेनपावर सञ्चालक एक युवक मृत भेटिए

विराटनगरस्थित एक होटलमा एक युवक मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ घर भएका २८ वर्षीया राजीव फुयाँल बिहीबार बिहान विराटनगर–११ स्थित होटेलमा मृत भेटिएका हुन् ।

होटेलको १०८ नम्बर कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । मृतक फुयाँल लामो समयदेखि मेनपावर सञ्चालन गरेर बसेको खलेको छ । उनले बिहीबार भारत हुँदै २५ जना युवालाई डेनमार्क पठाउने भनेर विराटनगर लिएको पनि खुलेको छ ।

उनी विराटनगरको नयाँ गुद्रीअगाडि बसेका थिए भने विदेश जाने युवाहरू रानी क्षेत्रमा बसेका थिए । आज बिहान युवासँगै नआएपछि खोज्दै होटेलमा पुग्दा उनी मृत भेटिएको बताइएको छ ।

घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डीएसपीको नेतृत्वको टोली अनुसन्धान सुरु गरेको छ । अनुसन्धानपछि मात्र थप खुल्ने प्रहरीले जनाएको छ ।