Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भीरबाट लडेर एक युवतीको मृत्यु

बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । 

भीरबाट लड्दा जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

बुधबार घर नजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खस्न गई उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।