Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगेका छन्।

यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री वद्री पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएको थियो।

१८ sauray-plane-crash.jpg

काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज आज बिहान दुर्घटनामा परेको थियो। सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको उक्त दुर्घटनाग्रस्त विमानमा सवार १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।