Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

एक वर्षमा पाथीभराबाट करिब चार करोड भेटी संकलन

प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब चार करोड भेटी संकलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम संकलन गरिएको हो । 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै रु एक करोड छ लाख ४३ हजार एक सय ७२ भेटी संकलन भएको थियो । पुसमा ३५ लाख २९ हजार, माघमा २४ लाख एक हजार पाँच सय र फागुनमा रु ५५ लाख ६० हजार आठ सय ८० भेटी संकलन भएको समितिले जनाएको छ । 

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए। चैत मात्र ७५ लाख सात हजार एक सय ५० भेटी संकलन भएको उनले जानकारी दिए। 

पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार चार सय, जेठमा १५ लाख ६५ हजार नौ सय ६५ र असारमा १६ लाख ८८ हजार नौ सय भेटी संकलन भएको उल्लेख गरिएको छ । 

गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।  

यो पनि हेर्नुहोस् -