Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा को को थिए १९ जना? (नामसहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १५ जनाको निधन भएको छ । दुर्घटनामा ४ जनाको उद्धार गरि उपचार भइरहेको छ । ४ जनामध्ये ३ जनाको टिचिङमा र एक जनाको केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

चालक बाहेक जहाजमा पुरुष १६ पुरुष र १ महिला रहेका कम्पनीले जनाएको छ । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्यको नियमित उडान थिएन । परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र  थिए । 

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको हो। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो। जहाजमा रहेका क्याप्टेन मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले बताएको छ ।

19 surya-air-passanger-list.jpg

प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो ।  जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो । जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो । जहाजले ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो ।