Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फेरि ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् प्रतितोला कति पुग्यो?

नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ११ सय रूपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ११ सय रूपैयाँले  बढेर १ लाख ४७ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ५ रूपैयाँमा कारोवार भइरहेको छ ।