Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

हेर्नुहोस् आज सुनचाँदी कतिमा कारोवार हुँदैछ?

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको  छ । 

सोमबार तोलामा १ हजार ७ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।