Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

फिस्लिङमा पहिरो, मुग्लिन–काठमाडौं सडक अवरुद्ध

चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ । 

आज बिहान बिहान ४ बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो । सडक खुलाउने कार्य भइरहेको छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक–दुई घण्टा लाग्ने अनुमान छ । 

बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।