Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सुमना श्रेष्ठको चुनौतीः भुटानी शरणार्थी प्रकरण कसले गरेको भन्ने आँट छ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानाको बारेमा मिडिया ट्रायल गरिएको भन्दै नहेप्न चेतावनी दिएकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख रानामाथि छानबिन हुनुपर्ने बताए लगत्तै सांसद सुमनाले भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन हेप्ने र मिडिया ट्रायल गर्ने काम गरिएको बताएकी हुन् ।

उनले भनिन् ‘उपसभामुखज्यूको नामबाट जुन मिडिया ट्रायल गरिएको छ । यसमा घोर आपत्ति जनाउन चाहन्छु । हिजोको दिनमा यही सभाबाट एउटा अमूख मान्छेलाई भिसा चाहियो भनेर भनेको होइन? सडकमा प्रदर्शनमा उत्रिएका होइनन्? यदि आचरणको कुरा गर्ने हो भने गरौं । सबैको आचरण हेरौं, सबैको लेटरप्याडबाट केके लेखिएको छ, हेरौं । तपाईहरुलाई मन लाग्यो भन्ने मिडिया ट्रायल गर्यो नत्र चुप लागेर बस्ने? बोल्ने नै हो भने डिक्लिएर गर्नु न भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भनेर । त्यो आँट छ? हेप्ने काम चाँही नगर्नुहोला ।’

हेर्नुहोस् यो भिडियो: