Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजारले दिएको छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार भएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको बताए । उनले ५० लाख बढी शेयर लगानीकर्ता संग्लन भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको बताए ।

उनले नेप्से २७ महिना यताकै उच्च भएको बताए । उनले अब शेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुने विश्वास व्यक्त गरे । उनले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताए । उनले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताए ।