प्रधानमन्त्री ओलीले सार्वजनिक गरे एमाले–कांग्रेस सम्झौता, आलोपालो प्रधानमन्त्रीदेखि संविधान संशोधनसम्म
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सातबुँदे सम्झौता सार्वजनिक गरेका छन् ।
उनले राष्ट्रिय सरकारको नेतृत्व दुई वर्षसम्म एमालेका अध्यक्ष ओली र त्यसपछि २०८४ सम्म शेरबहादुर देउवाले गर्ने सहमति भएको छ ।
सम्झौताअनुसार संविधानको संशोधन गरी राजनीतिक अस्थिरताको अन्त्य, अर्थतन्त्रलाई चलायनमान बनाई रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रणलगायत सात बुँदे सम्झौता भएको प्रधानमन्त्री ओलीले संघीय संसदमा जानकारी दिए ।