Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा, देशकै बेइज्जत गरेको आरोप

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ । 

गत वर्ष फेब्रुअरी २६ मा अमेरिकी दूतावासलाई सिधै पत्र लेखेर आफूसहित अरु पाँच जनालाई भिसा मिलाइदिन उपसभामुख रानामगरले आग्रह पत्र लेखेको प्रकरणमा आइतबार बसेको प्रतिनिधि सभामा कांग्रेसका सांसद रामहरि खतिवडाले मार्ग प्रशस्त गरेर अनुसन्धानमा सहयोग गर्न माग गरेका हुन् ।