Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

तोलामा १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको छ । गत बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यसयता सुनको मूल्य केही घटेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँमा कारोबार भएको चाँदी आज १८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।