Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

ओलीलाई गल्ती गर्ने छुट छैन्ः विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सबै तवरबाट साथ दिएपनि विगतमा गरेका गलत मुद्दाहरुलाई साथ दिन नसकिने टिप्पणी गरेका छन् ।

शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री  शर्माले ओली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांगे्रसले नदिने बताए । उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिन्छ । तर उत्तिकै खरो रुपमा प्रस्तुत पनि हुनेछौं । विश्वासको मत दिएका छौं तर उहाँले विगतमा गरेका गलत मुद्दाहरुलाई थान्को लगाउने काम हँुदैन । उहाँको नेतृत्वको सरकारले गर्ने कमजोरीमा मौन बस्न पनि मिल्दैन । दुई दल मिलेर सरकार बनाउन त मिल्छ तर संविधान संशोधन गर्नका लागि माओवादी, रास्वपा र मधेशवादी दलहरुसँग समन्व गर्न सक्नुपर्दछ । ’

नयाँ सरकार बनेको बेला कतै प्रतिपक्ष कमजोर हुन्छ कि भनेर आमवौद्धिक क्षेत्रमा चिन्ता रहेको उल्लेख गर्दै भर्खरै बाहिरिएका पार्टीहरुले खरो रुपमा प्रस्तुत हुने विश्वास लिएको बताए । ‘नयाँ सरकार बनेको बेलामा कतै प्रतिपक्ष कमजोर हुन्छ कि भनेर आमवौद्धिक क्षेत्रमा चिन्ता छ । तर, प्रतिपक्षमा रहेको माओवादी खरो ढंगले नै प्रतिपक्ष बनेर उत्रिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि खरो रुपमा प्रस्तुत हुनुपर्दछ,’उनको भनाई छ ।