नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । आफूले एक हप्ताअघि दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको अधिकारीले जानकारी दिए ।
उनी ५८ वर्षीय उमेर हदअनुसार आगामी मंसिर २८ गते अवकाश पाउँदै थिए । तर त्यसको ५ महिनाअगावै उनले राजीनामा दिएका हुन् । ‘मेरा आफ्नै घरायसी कारण राजीनामा दिएको हुँ’, उनले भने । उनले राजीनामा बारे विस्तृतमा खुलाउन चाहेनन् ।
उनी सचिव पदमा बढुवा भएको साढे ३ वर्ष भइसकेको थियो । अधिकारीले लामो समय सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवका रूपमा काम गरेका थिए ।