कैलालीमा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् ।
कैलालीको मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बम आज शनिबार बिहान माइतीघरबाट फर्किने क्रममा सुपली खोला तर्ने क्रममा बगेको प्रहरीले जनाएको छ । उनलाई उक्त खोलाले बगाएर ठूलीगाडमा बेपत्ता पारेको छ ।
इलाका प्रहरी कार्यालय पण्डौनबाट प्रहरी टोली खटिएर खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए ।