Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कस्तो छ अस्पतालमा रहेका पूर्व प्रधानमन्त्री चन्दको स्वास्थ्य अवस्था?

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा सुधार देखिएको छ । वीर अस्पतालमा उपचाररत चन्दको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिएका छन् । 

स्वास्थ्य सुधारोन्मुख भए पनि चन्दलाई अझै केही दिन चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने पौडेलले बताएका छन् ।  ज्वरो, पिसाबमा संक्रमण तथा श्वाश्वप्रश्वासमा समस्या देखिएपछि पूर्व प्रधानमन्त्री चन्द गत बिहीबार वीर अस्पतालमा भर्ना भएका थिए । 

विशिष्ट व्यक्ति उपचार कक्षमा राखेर उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।