Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नवलपरासीमा सर्पले डस्दा गयो २० वर्षीया युवती ज्यान

नवलपरासी पश्चिममा विषालु सर्पको टोकाइबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको बर्दघाट नगरपालिका–१४ की २० वर्षीया सोनिया खनाल छिन् ।

उनलाई शुक्रबार राति पिसाब फेर्न गएको बेला विषालु सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवरपरासी पश्चिमले जनाएको छ । सर्पले टोकेपछि उनलाई उपचारका लागि सुरुमा स्थानीय सरोज मेडिकलमा लगिएको थियो । 

त्यहाँ उपचार सम्भव नहुने भएपछि जिल्ला अस्पताल परासी पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् । उपचारमा आउन ढिलाइ हुँदा युवतीलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।