Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

यस्तो छ सन्दीप लामिछानेले सफाइ पाएको मुद्दाको फैसला (पूर्णपाठ)

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले गरेको फैसलाको पूर्णपाठमा उमेर पुगेका साबालिगहरुको सम्बन्धलाई बलात्कार भन्न नमिल्ने उल्लेख छ ।

“पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै याचना गरेको भन्ने तथ्यलाई वोजनी होटल नगरकोटका सुपभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुबाजी थापामगर, होटल इनका वेटर सविन श्रेष्ठ, रिसेप्सनिस्ट अनिश श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटलमा जान पीडितको सहमति रहेको पुष्टि भएको छ,” फैसलाको पूर्णपाठमा भनिएको छ ।   

फैसलाको पूर्णपाठ -