नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुनको मूल्य तोलामा २ हजारले गिरावट आएको हो ।
बिहीबार सुनको प्रतितोला मूल्य १ लाख ४९ हजार ५ सय रहेको थियो, आज मूल्य गिरावट आइ १ लाख ४७ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ४६ हजार ८ सय रहेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले गिरावट आएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार ८ सय ६० रहेकोमा आज मूल्य गिरावट आइ १ हजार ८ सय ३० मा कारोबार भएको हो ।