Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सिमलताल दुर्घटनाः भारतमा भेटिएको शव एञ्जल बसका मालिकको

त्रिवेणी भन्दा ४० किलोमिटर दक्षिणमा आज शुक्रबार बिहान भेटिएको शव एञ्जेल बसका मालिकको भएको पुष्टि भएको छ । आठ दिनअघि चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेको एञ्जेल बसका मालिक माइला लामिछाने केसी हुन् । उनी भक्तपुर र मकवानपुर निवासी हुन् । उनको दुबै ठाउँमा घर रहेको खुलेको छ ।

मृतकले लगाएको घडी र बालाका आधारमा शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी बेदबहादुर पौडेलले जानकारी दिए । बायाँ हातमा आरबीएस (अंग्रेजी अक्षरमा लेखिएको छ) टयाटु लेखिएको छ । बायाँ हातमा कालो चेनको घडी लगाएका छ् । यी सबै प्रमाणका आधारमा मृतकका भाइले सनाखत गरेका हुन् ।

गत शुक्रबार चितवनको सिमतलालको पहिरोमा परेकाहरुको शव नारायणी नदी हुँदै भारतमा पुगेको छ । शुक्रबार त्रिवेणीबाट ४० किलोमिटर तल उक्त शव भेटिएको हो । भारतीय प्रहरीको सहयोगमा शव गण्डक ब्योरेज (पुलमा) ल्याइएको हो । त्यहाँबाट शव अहिले त्रिवेणीमा राखिएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेको जानकारी दिए । योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ । लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता बस फेला पर्न सकेको छैन ।