Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

दुबईमा सडक दुर्घटना हुँदा २८ वर्षीय नेपाली महिलाको मृत्यु

दुबईमा सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीको मजदुर शिविरबाट बिहान कार्यस्थल जान सडक पार गर्ने क्रममा नेपाली महिलाको मृत्यु भएको हो ।

सोही कम्पनीमा कार्यरत मोरङ पथरी घर भएकी २८ वर्षीय अनिता पाख्रिनको भ्यानले ठक्कर दिँदा मृत्यु भएको थियो । उनी ३ वर्ष पहिले युएई गएकी हुन् ।कम्पनीका अनुसार साउन १ गते बिहान ५ बजे काममा जान कम्पनीको मजदुर क्याम्पबाट निस्किएर सडक पार गर्ने क्रममा उनलाई भ्यानको ठक्कर दिएको थियो ।

मृतकको शव अहिले दुबईको स्थानिय अस्पतालमा राखिएको र कानुनी प्रकृया पुरा गरेर शव नेपाल पठाउने कम्पनीले जनाएको छ ।