Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सेनाको कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड ८८ लाख (भिडियो)

नेपाली सेनाले आफ्नो कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाएको छ ।

सैनिक मुख्यालय भद्रकालीमा विहीबार आयोजित वार्षिक पत्रकार सम्मेलनमार्फत सेनाले सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाएको हो ।

Photo (3).jpg

सैनिक कल्याणकारी निर्देशनालयका सहायकरथी किरण केसीले २०८१ को असार मसान्तसम्म कोषमा नगद ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जानकारी दिएका हुन् । उनका अनुसार कोषबाट सोही समयसम्म ६ अर्ब ९७ करोड ९६ लाख विभिन्न क्षेत्रमा लगानी गरिएको छ। सेनासँग कोषमा नगद र कोषको यथार्थ सम्पत्ति गरि हाल  ८२ अर्ब ८८ करोड ७४ लाख रहेको केसीले जानकारी दिए ।

कोषमा शान्ति सेनामा भाग लिए बापत प्रात हुने रकम, बैंक तथा बित्तिय संस्थाहरुमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज तथा शिक्षण शुल्कबाट प्राप्त हुने रकम रहने गरेको छ । कोषसँग करिब १० लाख हिताधिकारी प्रत्यक्ष जोडिएको सेनाले जनाएको छ । सो कोष २०३२ सालमा स्थापना भएको हो ।