Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जाजरकोटमा गोठालो गएका बालक बाढीमा बेपत्ता

जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । 

स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन् । बिहीबार दिउँसो गोठालो गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । 

बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।