द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको बिहीबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षको उमेरमा उनको निधन भएको हो ।
उनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । श्रेष्ठले सन् १९९१ देखि द्वारिकाजको जिम्मेवारी सम्हालेकी थिइन् । उनी ६५ वर्षसम्म होटल तथा पर्यटन उद्योगमा रहिन् । काठमाडौंस्थित बत्तीसपुतलीमा र धुलिखेलमा द्वारिकाज होटल तथा रिसोर्ट सञ्चालनमा छ । निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनादेखि उपचाररत थिइन् । उनको पशुपति आर्यघाटमा भोलि दाहसंस्कार गरिने छ ।
६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । अम्बिकाको जन्म दार्जिलिङमा भएको थियो । उनका दुई छोरी छन् ।