Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कस्तुरीको बिनासहित एक जना पक्राउ

कस्तुरीको बिनासहित हुम्लामा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाले सदरमुकाम सिमिकोटस्थित एक घरबाट कन्जोक तामाङलाई कस्तुरीको अठार वटा बिनासहित पक्राउ गरेको हो ।

डिएसपी रविन्ख्र खनालले विशेष सुराकीका आधारमा मंगलबार बेलुका कस्तुरीको विनासहित तामाङलाई पक्राउ गरिएको बताए । कस्तुरीको विनासँगै दुई थान मोबाइल, झोला, एटिएम कार्ड, राहदानी, नागरिकता, तराजुलगायत पनि प्रहरीले बरामद गरेको छ ।

तामाङलाई पनि पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । तामाङले कस्तुरीको विना भारतको राजधानी दिल्लीबाट ल्याएको बयान दिएका छन् ।

प्रहरीका अनुसार तामाङ असार २७ गते भारतको दिल्ली हुँदै साउन एक गते सदरमुकाम सिमिकोट पुगेका थिए । ‘सात लाख भारतीय रुपैयाँमा दिल्लीमा खरिद गरेको बयान दिएका छन्,’ उनले भने, ‘भारतबाट खरिद गरेको भनिएको विना चीनमा विक्री गर्ने योजना बनाएको पनि खुलेको छ।’