Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

काठमाडौं महानगरपालिकाको कार्यालय डुबानमा, सभागृह परिसर जलमग्न

बिहीबार राति भारी वर्षाका कारण काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा परिसर जलमग्न बनेको छ।

भारी वर्षाका कारण जमेको पानी निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ।

 राष्ट्रिय सभा छेउमा रहेको काठमाडौं महानगरपालिकाको कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ।

3.jpg

भवन परिसरमा जमेको पानी अहिले दुइवटा मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ।