विवेक कुमार यादव । मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको बलरा नगरपालिकामा जनमत पार्टीमा प्रवेशको लहर चलेको छ। आज जनमत पार्टीको बलरा नगर बैठकमा माओवादी केन्द्र परित्याग गरि जबाहर यादवको नेतृत्वमा नेपाली काङ्ग्रेसको नेता अजय प्रसाद सिंह लगायत तीन दर्जन भन्दा बढी नेता कार्यकर्तासहित जनमत पार्टीमा प्रवेश गरेका हुन ।

बलरा नगर कमिटी को बैठक मा २०० जना भन्दा बढी नेता कार्यकर्ता को सहभागीता रहेको थियो। बलरा नगर भित्र रहेका बेथितिको विरुद्ध जनमत पार्टी निरन्तर लडाइँ लडिरहेका छन् । यहाँ को जनता आज पनि दुख र पिडामा बाचिरहेको छ। सोही कार्यक्रममा उपस्थित जनमत पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य सन्जय सिंहले आफ्नो मन्तव्य राख्ने क्रममा यहाँ नेता राज छ हामी जनता राज कसरी स्थापीत हुन्छ त्यसमा जनमत पार्टी लागि परेका छन् ।

सोही कार्यक्रम मा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाको प्रत्याशी एबम जनमत पार्टीको केन्द्रिय सदस्य तथा केन्द्रिय राजनैतिक समिति को सदस्य राकेश मिश्रले आफ्नो मन्तव्यको क्रममा नेता मिश्र ले यो क्षेत्र राजनैतिक गुन्दामा पीडित छ, यहाँ जनता राज्य स्थापित भपछि मात्र यो क्षेत्र बिकासको गतिमा बढ्न सक्छ। किसानको पक्षमा जनता हामी जनमत पार्टी निरन्तर लागि रहने छौ भने ।
