Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री ओलीद्वारा सत्तारुढ दलको मुख्य सचेतकमा बर्तौलाको मनोनयन

प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई सत्तारुढ दलको मुख्य सचेतक पदमा मनोनयन गरेका छन् ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलको नेताको हैसियतमा ओलीद्वारा जारी विज्ञप्तीमा ‘नेकपा एमाले संसदीय दलको विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको’ उल्लेख छ ।

मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ । बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर जिम्मेवारी सम्हालेका थिए ।