Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री ओलीको स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त भएका छन् ।

नेपाल सरकारको सचिव सरह सेवा सुविधा हुने स्वकीय सचिवमा ओलीले बज्राचार्यलाई नियुक्त गरेका हुन् । ओली यसअघि प्रधानमन्त्री हुँदा पनि बज्राचार्यले स्वकीय सचिव भएर काम गरेका थिए ।

ओलीले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले उपमहासचिव विष्णु रिमाललाई नियुक्त गर्ने तयारी गरेको निकटस्थ स्रोतको दाबी छ ।