Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, केके भयो कुराकानी?

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री डा.आरजु देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी सहकार्य र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

मन्त्री डा.राणा देउवासँग भेट भएको तस्वीर सार्वजनिक गर्दै राजदूत सोङले भेटघाट भएको र बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको उल्लेख गरेका छन् ।

arju2024-07-17-14-15-48.jpg

उनले नेपाल–चीनबीच ७० वर्ष लामो कुटनीतिक सम्बन्ध डा. राणा देउवाको पालामा अझ प्रगाढ हुने विश्वास आफूले राखेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।