Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सिमलताल पहिरोः मृतकका परिवारलाई जनही एक लाख राहत दिइने

मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाखका दरले राहत दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए ।

 ‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौं’, मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।’ मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।