Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सर्वोत्कृष्ट काम गरेबापत दीपेन्द्र सिंह ऐरीसहित नेपाल प्रहरीका १० प्रहरीको विशेष बढुवा

आर्थिक वर्ष २०८०/८१ वर्षमा सर्वोत्कृष्ट काम गरेबापत नेपाल प्रहरीका १० प्रहरीको विशेष बढुवा भएको छ ।

क्रिकेटर दीपेन्द्र सिंह ऐरी खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत तथा अन्य नौ जना शान्ति सुरक्षामा महत्वपूर्ण योगदान गरेबापत एक तह विशेष बढुवा भएका हुन् ।

ऐरीको गत वर्ष असोजमा निर्णय भएकोमा अन्य नौ जनाको मंगलबार विशेष बढुवा भएको छ । जसमा प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल र ईश्वर कुमार खत्री, असई गोकुल खत्री, वरिष्ठ हवल्दार दीपेन्द्रबहादुर चन्द छन् ।

त्यस्तै, हवल्दारहरु अमरराज मिश्र, प्रभातकिरण श्रेष्ठ, रविना राई तथा प्रहरी जवानहरू हिमाल शाही र सूर्य कुँवरको पनि उत्कृष्ट काम गरेको आधारमा पुरस्कृत भएका छन् । असार महिनाभित्रै विशेष बढुवा गर्ने चलन भए पनि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नयाँ गृहमन्त्रीलाई कुरेर बढुवाको निर्णय गरेका हुन् ।

प्रहरी नियमावलीअनुसार एक आर्थिक वर्षमा बढीमा १० जना प्रहरीको विशेष बढुवा गर्न सकिने प्रावधान छ ।