Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविलाई उन्मुक्ति दिँदा विवादमा परेका महान्यायाधीवक्ता पोखरेलको राजीनामा स्वीकृत

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका महान्यायाधीवक्ता डा. दिनमणि पोखरेलले राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति रामचन्द्र पौडेललाई दिएको राजीनामा स्वीकृत भएको हो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए। महान्यायाधिवक्ता राष्ट्रपति र सरकारको औपचारिक कानूनी सल्लाहकार हुन्। तत्कालीन सत्ता स्वार्थ अनुसार रवि लामिछानेलाई पासपोर्ट कसुर र सहकारी ठगीमा उन्मुक्ति दिन खोज्दा पोखरेल विवादमा परेका थिए।

लामिछानेले दुईवटा नागरिकता लिएको स्वीकार गरे पनि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय र तीनै लामिछाने सहकारी ठगीमा सहभागी नभएको भन्ने पत्रका कारण पोखरेल विवाद र तनावमा परे। उनका दुवै निर्णयविरुद्ध परेका रिट सर्वोच्चमा विचाराधीन छन्।

AG-pokharel-resign-1117x1536.jpg