Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

परराष्ट्रमन्त्रीलाई भारतीय र पाकिस्तानी समकक्षीद्वारा बधाई

भारतका बाह्य मामिलामन्त्री डा. सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा.आरजु राणा  नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन् । 

यसैगरी, पाकिस्तानका विदेशमन्त्री इशाक दारले  पनि आफ्ना नेपाली समकक्षी डा. राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

यो पनि हेर्नुहोस् -