Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साउनको सुरुवातमै सुनको मूल्यले बनायो नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोवार?

साउन महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेको छ ।

सोमबार प्रतितोला १ लाख ४६ हजार ९७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।