Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

सिंहदरबार छिर्नुअघि पार्टी कार्यालय सानेपा पुगे कांग्रेसका नौं मन्त्री, सम्झिए बीपी

शीतलनिवासमा मन्त्री पदको शपथ ग्रहण गरेर सिंहदरबार छिर्नुअघि नेपाली कांग्रेसका नौं जना मन्त्री पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

शपथपछि पार्टीका संस्थापक बीपी कोइरालाको प्रतिमामा माल्यार्पणका लागि नौं जना मन्त्री सोमबार केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । बीपीको प्रतिमामा माल्यार्पण गरेपछि नौं जना नै मन्त्री पदभार ग्रहण गर्न सिंहदरबार पुगेका हुन् । 

कांग्रेसबाट प्रकाशमान सिंह उपप्रधान एवं शहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानून, बद्रि पाण्डे पर्यटन, प्रदीप पौडेल स्वास्थ्य, तेजुलाल चौधरी खेलकुद, रामनाथ अधिकारी कृषि, दीपक खड्का उर्जा र ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन् । १० मध्ये नौं जना मन्त्री सानेपा पुगेका हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल भने पदभार ग्रहण गर्न रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेका थिए ।