Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

अर्थ मन्त्रालय सम्हाल्दै विष्णु पौडेलले भने– नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउँछ

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । उनले टुटेको आत्मविश्वास हटाएर जनतामा नयाँ आशा भर्ने नयाँ सरकारको उद्देश्य रहेको बताए ।

आज सोमबार अपरान्ह अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले नागरिकमा आत्मविश्वास भर्नु सरकारको प्राथमिकता हुने बताएका हुन् । ‘नयाँ सरकारले सन्देश दिएको छ, राजनीतिक स्थिरता हुने र शिथिल अर्थतन्त्रलाई चलायमान गराउने । मानिसको आत्मविश्वास टुटेको छ, नागरिकमा निराशा चिर्ने र आशा जगाउने काम सरकारले गर्नेछ,’ उनले भने ।

मन्त्री पौडेलले विकास वित्तका नयाँ विकल्प खोज्ने, संस्थागत अध्ययन गर्ने फाइलमा पहिलो हस्ताक्षर गरेका छन् । विकास खर्च कम गर्ने र रोगलाई हटाउने उनले वाचा गरे ।